- Loading...
गजुरी-६ मा वडा स्तरिय खेलकुद प्रतियोगीता सम्पन्न
- बागमती दैनिक
- १ महिना अघि
- १५१ पटक पढिएको
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित भल्टारमा आज वडा स्तरिय खेलकुद प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ को आयोजनामा सञ्चालित खेलकुद कार्यक्रममा प्रमुख अतिथीका रुपमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बिषेश अतिथीमा वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेल, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी, वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष अर्जुन बहादुर भुजेल, सभापति वडा नम्बर ६ का अध्यक्ष कर्ण बहादुर तामाङ लगायत रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खेलकुदलाई माथी उकास्नको लागी सबै तहबाट आफ्निो सहयोग रहने बताउनुभयो । आफू पनि एक खेलाडी नै भएको नाताले खेलमा रुची भएका सबै बिद्यार्थी तथा खेलप्रेमिहरुलाई गजुरी गाउँपालिका सरकारले सहयोग गर्ने कुरामा कुनै दुई मत नरहेको उद्घोष गर्नुभएको छ । गजुरी गाउँपालिकामा रहेका धेरै बिद्यार्थीहरुले अन्तराष्ट्रिय क्षेत्रमा समेत नाम रोसन गर्न सफल भईसकेको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता खेलाडीहरु उत्पादन गर्न पालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथीका रुपमा रहनुभएका वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेलले पनि खेलकुदले मानिसको सबै अंग स्वस्थ्य हुने कुरामा जोड दिनुभएको थियो । हरेक पालिका तथा वडाले गरेका यस्ता कामहरु अरुले पनि अनुसरण गर्न आबश्यक रहेको भन्दै वडा नम्बर ६ लाई बिशेष धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा बोल्दै गजुरी गाउँपाकिला वडा नम्बर ६ का पूर्व अध्यक्ष अर्जुन बहादुर भुजेलले अन्तराष्ट्रिय जगतमा समेत आफ्नो नाम लेखाएर वडा तथा सिङ्गो पालिकाको गौरव बढाएकोमा धधन्यवाद दिनुभएको छ । हरेक बर्ष खेलक्षेत्रको उत्थानको लागी भन्दै गजुरी गाउँपालिकाले राष्ट्रपति रनिङसिल्ड प्रतियोगीता आयोजना गर्दै आएको भन्दै यस्ता कार्यक्रमले बिद्यार्थी तथा अभिभावक दुवैमा उत्साह थप्ने बताउनुभयो ।
बिशेष अतिथीका रुपमा रहनुभएका वडा नम्बर एक का अध्यक्ष तारानाथ भण्डारीले पनि खेलकुद क्षेत्रको बिकासमा सबै पालिका तथा वडाले चासोको रुपमा हेरिदिनुपर्नेमा जोड दिनुभयो । स्वाथ्यको लागी मनोरञ्जन तथा रमाईलो कार्यक्रममा सहभागी भएका सबै बिद्यार्थीहरुलाई शुभकामना दिँदै यस्ता कार्यक्रम हरेक बर्ष आयोजना हुने बताउनुभयो ।
गजुरी गाउँपालिका वडा नम्बर ६ का जम्मा ६ वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागीतामा सञ्चालन भएको कार्यक्रममा पहिलो चरणको कार्यक्रम समापन गर्दै वडा नम्बर ६ का अध्यक्ष कर्ण बहादुर तामाङले सबैको उल्लेख सहभागीता भएकोमा खुसि ब्यक्त गर्दै वडाले खेलकुदलाई बिशेष प्राथमिकता दिएर अगाडी बढीरहेको बताउनुभयो । अहिले वडा तथा पालिकामा अन्तराष्ट्रिय क्षेत्रमा समेत उत्कृट भएर आएका ब्यक्तिहरुलाई सम्मान गर्न पाउँदा आफैँमा एउटा खुसिको क्षणभएको बताउँदै आगामी दिनमा पनि यस्ता खेलाडीहरु उत्पादन गर्ने लक्ष्यमा वडा लागी परिरहेको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा भलिवल, कबड्डी, हाईजम्प, लङ्जम्प, दौड तथा फुटबल, कराते लगायतका खेलहरु सञ्चचालन भएका थिए ।
नतिजा हेर्नको लागी तल क्लिक गर्नुहोस् :