FLASH NEWS
  • Loading...

आजको मौसम पूर्वानुमान : तराईका जिल्लामा हुस्सु, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • बागमती दैनिक
  • १ महिना अघि
  • ५९ पटक पढिएको
आजको मौसम पूर्वानुमान : तराईका जिल्लामा हुस्सु, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

मंसिर १०, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ । देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ ।

आज दिउँसो पनि कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाकोसमते सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित