FLASH NEWS
- Loading...
परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित, मंसिर १३ मा चीन जाने
- बागमती दैनिक
- ३ हप्ता अघि
- ४२ पटक पढिएको
मंसिर १०, काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा मंसिर १३ गते चीन जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी पाँच दिन अगावै चीन जान लागेकी हुन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् ।
मुख्यतयाः चीनको ठूला परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर ९१३ मंसिर० मा चीन जाने भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस