- Loading...
पत्तालिनी आधारभूत बिद्यालयमा बालबालिकाहरुको लागी खेलौना सामाग्री तथा न्यानो कपडा बितरण
- बागमती दैनिक
- ३ हप्ता अघि
- १५२ पटक पढिएको
![468335873_445227728623014_831696945152302515_n पत्तालिनी आधारभूत बिद्यालयमा बालबालिकाहरुको लागी खेलौना सामाग्री तथा न्यानो कपडा बितरण](https://www.bagmatidainik.com/wp-content/uploads/2024/11/468335873_445227728623014_831696945152302515_n.jpg)
गजुरी । धादिङको गजुरी गाउँपालिका वडा नम्बर एक मा रहेको पत्तालिनी आधारभूत बिद्यालयमा बालबालिकाहरुको लागी खेलकुद सामाग्री तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
साना बालबालिकाहरूलाई गाउँपालिको तर्फबाट रू ५० हजार बराबरको विभिन्न खेलौना सामाग्री प्रदान गर्नुका साथै दातृ बाट प्राप्त ८० हजार बराबरको १६४ थान न्यानो कपडा सुइटर वितरण गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बितरण कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्ता अभियानले बिपन्न समुदायका बालबालिकाहरुको लागी साहाराको स्रोतमा रूपान्तरण गर्ने बताउनुभयो । उहाँले शैक्षिक विकासमा विद्यालय र शिक्षक मात्र नभई स्थानीय अभिभावकको अहंम भूमिका हुने भन्दै गजुरी गाउँपालिका हरेक सुख दुखमा साथैमा रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुराल, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी, गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल, स्रोत शिक्षक सुजन भण्डारी, विव्यस अध्यक्ष सुधिर खरेल लगायतको सहभागीता रहेको थियो ।