- Loading...
फेनजल चक्रवातको आंशिक प्रभाव रहेपनि आज देशभरको मौसम सफा रहने
- बागमती दैनिक
- २ हप्ता अघि
- ४० पटक पढिएको
मंसिर १६, काठमाण्डौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात फेनजलको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर अहिले बिहान मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जानकारी दिएको छ ।
आइतबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।