- Loading...
गरिव बालबालिकाको शिक्षा र स्वास्थ्यको लागी सप्ताह लगाउँदै बेनिघाट रोराङ गाउँपालिका
- बागमती दैनिक
- २ हप्ता अघि
- ७१ पटक पढिएको
गजुरी । राम्रो काम गर्नेलाई भगवानले पनि साथ दिन्छन् । बेरुजु तथा मा देशभरबाट पहिलो हुन सफल बेनिघाट रोराङ गाउँपालिकाले यहि माघ २१ गते देखि श्रीमद् भागवत सप्ताह लगाउने भएको छ । गरिव, असहाय, जेहेन्दार बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र गाँसको जोहो गर्न गाउँन्पालिकाले यो महान काम गर्ने भएको हो । बेनिघाट रोराङ गाउँपाकिला वडा नम्बर ८ मा रहेको छात्राबासको लागी खाना, खाजाको जोहो गर्न यति बेला गाउँपालिका सिङ्गो टिम तातिरहेको छ । बेनिघाट रोराङ गाउँपाकिलाको माथिल्लो भेगमा धेरै चेपाङ लगायतका परिवारको बसोवास छ । उनीहरुको लागी बिद्यालयसम्म आउन धेरै समय लाग्छ, त्यसकारण अहिले बिदार्थीहरु त्यहि छात्राबासमा बसेर पढीरहेका छन् ।
ठुलो मन्दिर बनाउन, पार्टी पङ्तीका घर बनाउन अनि पार्टी पौवा बनाउन श्रीमद् भागवत लगाएको हामीले धेरै देखेका छौँ तर यहाँ त्यस्तो योजना होईन । समाजको रुपान्तरण बालबालिकाबाटै हुने दृढ परिकल्पना गर्दै उनीहरुकै शिक्षा, दिक्षा र गाँसको लागी यो श्रीमपद् भागवत सप्ताह लगाईदैछ । यो देशभरकै नमुना अनि उत्कृष्ट काम हो । अहिलेसम्म समयदै बालबालिकाको भबिष्यको चिन्ता गर्दै उनीहरुको गाँस, बाँसकबो लागी सप्ताह लगाईन्छ । तर हरेक कुरामा देशभरबबाटै उत्कष्ट काम गर्दै आईरहेको यस गाउँपालिकाले फेरि पनि नयाँ अनि समाज नै परिवर्तन हुने काम गर्दैछ ।
भौगोलिक अबस्थाले बिकट अनि बिद्यार्थीहरु कम भएका बिद्यालयहरुलाई मर्जको अबधारण अनुसार नै योजनाहरु अगाडी बढीरहेका छन् । साना बिद्यालयसँगै कक्षा ११ र १२ पनि मर्जमा जाने गाउँपाकिाल अध्यक्ष विवेक थपलियाले बताउनुभयो ।
श्रीमद् भागवत सप्ताहमा राधिका दाशी आउनेछिन् । उनका मुहारबन्दबाट कथाबाचन हुनेछ । यसै सन्दर्भमा बेनिघाट रोराङ गाउँपालिकाले पहिलो चरणको छलफल कार्यक्रम आईतबार सम्पन्न गरेको छ । आफूलाई खर्च गरियो पटक पटक, स्वास्थ्य र शिक्षामा खर्च गरौँ यस पटक भन्ने नारासहित सुरु गर्न लागी श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञमा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय सहजिकरण समिति गठन गर्ने तथा विभिन्न उपसमितिहरू र संकलित रकम खर्च गर्न कार्यविधि निर्माण गर्ने निर्णय भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले सबैले सहयोग गर्दै यो श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञलाई सफल बनाउन कर्मचारी बर्गालाई आग्रह गर्नुभयो । बेनिघाट रोराङ गाउँपालिकाले बनाएको नियमलाई अनुसरण गर्दै स्वेच्छिक सहयोगी दाताहरु आजैबाट खोजी गर्न उहाँको आग्रह थियो ।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रमुख कृष्ण बहादुर थपलिया विवेकले अब हरेकले सहयोग गर्ने समय आएको बताउनुभयो । गाउँपालिकाले धेरैलाई सहयोग, अनुदान दिएको छ, गाउँपालिकामा पेसा ब्यबसाय गरेर बसेका हरेकले अब सहयोगी हात अगाडी बढाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । शिक्षित र सम्पन्न समाज निर्माणको परिकल्पना गर्दै आयोजना गर्न लागीएको यस श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञलाई सफल पार्न सबैमा हार्दिक अनुरोध गर्नुभएको छ । यसमा बिभिन्न राजनितिक दलका प्रतिनिधी, समाजसेवी, स्थानिय, लगायत सम्पूर्ण जनशक्ति बालबालिकाहरुको उज्वल जिवनको लागी आजैबाट लागीदिन अध्यक्ष थपलियाले आग्रह गर्नुभयो । श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञबाट गाउँपालिकाले करिव १५ करोड उठाउने योजना बनाएको छ । सो रकम बिकट र बिपन्न बिद्यार्थीहरुको स्वास्थ्य र शिक्षामा लगानीगरि स’सँस्कृत र समृद्ध बेनिघाट रोराङ गाउँपालिका बनाउन लगानी गर्ने गाउँपालिकाको योजना रहेको छ ।