FLASH NEWS
  • Loading...

आजको मौसम पूर्वानुमान : बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

  • बागमती दैनिक
  • १ हप्ता अघि
  • ५४ पटक पढिएको
आजको मौसम पूर्वानुमान : बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

मंसिर २२, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ । २०८१ मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

यसका साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा, र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ, जबकि बाँकी स्थानमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ । वर्षा, हिमपात र चिसोका कारण जनजीवन, स्वास्थ्य, पर्वतारोहण र यातायातमा असर पर्न सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित