- Loading...
नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने
- बागमती दैनिक
- १ हप्ता अघि
- १५ पटक पढिएको
मंसिर २४, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व समालेपछिका सफलता र कार्ययोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो कुरा बताए । उनले नयाँ कार्यकारिणी समितिले आर्थिक उत्थान तथा व्यावसायिक हितको लबिङमा निरन्तर सफलता मिल्दै आएको दाबी गरे ।
भेटघाटमा अध्यक्ष ढकालले आफू नेतृत्वमा आएसँगै मुलुकको समग्र आर्थिक उत्थान, व्यवसायीको हकहितको रक्षा र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा विशेष भूमिका खेलेको बताए । “कार्यभार समालेकै भोलिपल्ट निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरी राष्ट्रिय सभाले कानुन पारित गरेको सन्दर्भमा राजनीतिक नेतृत्वसँगको पहलबाट उक्त व्यवस्था हटाउन पहल गरेको उनले दाबी गरे ।