- Loading...
इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा
- बागमती दैनिक
- १ दिन अघि
- २६ पटक पढिएको
पौष ३, काठमाण्डौँ । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ ।
अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता अन्तिम र निर्णायक चरणमा रहेको बताएका खबरमा उल्लेख छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पनि सम्झौता पहिलेभन्दा धेरै नजिक भएको बताएका छन् । पछिल्लो केही दिनदेखि अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास तीव्र पारेका छन् । इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ ।
प्यालेस्टिनी अधिकारीले युद्धविरामका लागि तीन चरणको योजनामा गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् । त्यसपछि इजरायली सुरक्षा बलहरू इजिप्टको सिमानामा सहर केन्द्रहरू, तटीय सडकहरू र रणनीतिक ठाउँहरूबाट फिर्ता हुनेछन् ।