FLASH NEWS
  • Loading...

कुलमानको आक्रोश : प्राविधिक गडबडी हो, लोडसेडिङ गर्‍यो भनेर हल्ला गरियो !

  • बागमती दैनिक
  • ११ घण्टा अघि
  • ४ पटक पढिएको
कुलमानको आक्रोश : प्राविधिक गडबडी हो, लोडसेडिङ गर्‍यो भनेर हल्ला गरियो !

पौष ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ नै नभएको समयमा लोडसेडिङ भयो भनेर केही समूहले चर्चा गरेको दाबी गरेका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा घिसिङले अहिले प्राविधिक समस्या मात्रै भएको तर लोडसेडिङ नै भने नभएको दाबी गरे । तर, यसै सातादेखि पीक आवरमा उद्योगहरुमा घोषित रुपमा लोडसेडिङ हुने भन्दै प्राधिकरणले जनाएको थियो । ‘लोडसेडिङ नभएको समयमा लोडसेडिङ छ, डिजेल चलाएको छु’ भन्नेहरुले अहिले प्राविधिक कारण २र३ दिन समस्या आउँदा लोडसेडिङ भयो भनेर हल्ला गरेको उनी बताउँछन् ।

डेडिकेटेड ट्रंक लाइनको पैसा नतिर्नेहरुले लोडसेडिङको हल्ला गरेको उनको दाबी छ । ‘तामाकोसीमा पहिरो आयो, कालिगण्डकीको एउटा युनिट बन्द छ । त्यो बनाउनु छ,’ घिसिङले भने, ‘अहिले बिहान बेलुका केहि दिन कम चलाउनु भन्नासाथ सामानहरुको मूल्य बढाउन हुँदैन ।’ नेपालमा कहिल्यै पनि लोडसडिङ नहुने उनले दाबी गरे । तामाकोसी आयोजनामा परेको क्षति अब १० दिनमा आयोजनाको काम सकिने, कालिगण्डकीको पनि काम चाँडै सकिने बताए ।

थोरै बजेटमा धेरै पूर्वाधार निर्माण गर्ने बाध्यता रहेको उनले बताए । अहिले सरकारले छुट्याइएको बजेट समेत पाउन समस्या रहेको उनको भनाइ छ ।
सरकारले लगानी गर्दा देशलाई फाइदा दिने आयोजनामा बजेट बढाउनु पर्ने सुझाव घिसिङले दिए । पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको योगदान रहेको उनले उल्लेख गरे । नेपालको उर्जा विकासमा ट्रान्समिसन लाइन आवश्यक पर्ने र त्यसका लागि खर्बौं लगानी आवश्यक पर्ने बताए । उनले निजी क्षेत्रलाई पनि प्रसारण लाइन बनाउन राज्यले दिन लागेका बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित