- Loading...
क्यानडामा जस्टिन ट्रुडोको सरकार ढल्ने निश्चित !
- बागमती दैनिक
- १२ घण्टा अघि
- ५ पटक पढिएको
पौष ७, काठमाडौँ । अन्य देशहरूसँगको सम्बन्धमा एकपछि अर्को संकटको सामना गरिरहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अहिले घरेलु राजनीतिमा पनि कठिनाइको सामना गरिरहेका छन् ।
उनको अल्पमतको सरकारलाई समर्थन गर्ने न्यू डेमोक्रेटिक पार्टी एनडीपीले सरकारलाई थप समर्थन गर्न अस्वीकार गरेको छ । एनडीपी नेता जगमीत सिंहले नयाँ वर्षमा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् ।
मध्यमार्गी वामपन्थी पार्टी एनडीपीले ट्रुडोको अल्पमतको सरकारलाई उनीहरूको साझा राजनीतिक एजेन्डाको बदलामा समर्थन गर्दै आएको छ। यसका नेताको पछिल्लो बयानले पार्टीको अडानमा परिवर्तन भएको संकेत गर्दछ ।
चौतर्फी कठिनाइले घेरिएका जस्टिन ट्रुडोको समस्या अझै बढ्ने सम्भावना छ । ट्रुडोलाई लक्षित गर्ने तीन दलमध्ये जगमीत सिंहको पार्टी नयाँ हो। यसको मतलब ट्रुडो सरकारलाई अविश्वासको प्रस्तावमा टिक्न गाह्रो छ ।