- Loading...
विद्युत प्रसारण र वितरण प्रणाली सुधारका लागि जुट्यो ७२ अर्ब ९३ करोडको लगानी
- बागमती दैनिक
- ७ घण्टा अघि
- २९ पटक पढिएको
पौष ८, काठमाडौँ । देशभित्रको विद्युत आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ ५३ करोड ७० लाख अमेरिकी डलरको लगानी जुटेको छ ।
विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक एडिबीले ३१ करोड १० लाख डलर ४२ अर्ब २४ करोड रुपैयाँ सहुलितपूर्ण ऋण र ३ करोड डलर ४ अर्ब ७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले २ करोड २६ लाख डलर ३ अर्ब ६ करोड रुपैयाँ र नर्वे सरकारले ३ करोड १० लाख डलर ४ अर्ब २१ करोड रुपैयाँ अनुदान दिनेछन् । यसैगरी, रणनीतिक जलवायु कोषमार्फत १ करोड डलर १ अर्ब ३५ करोड रुपैयाँ सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर १७ अर्ब ९८ करोड रुपैयाँ नेपाल सरकारले बेहोर्ने छ ।
एडिबीको दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता सासेक विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनामार्फत कार्यान्वयन हुने आयोजनाहरुबाट मुख्य रुपमा २९० किलोमिटर प्रसारण लाइन, ५ वटा नयाँ सबस्टेसन र दुईवटा सबस्टेसनको स्तरोन्नति गरिने छ ।