FLASH NEWS
  • Loading...

चन्द्रागिरिका वडाध्यक्ष महर्जन पक्राउ

  • बागमती दैनिक
  • ८ घण्टा अघि
  • २६ पटक पढिएको
चन्द्रागिरिका वडाध्यक्ष महर्जन पक्राउ

पौष ८, काठमाडौँ । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष पक्राउ परेका छन् । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका हुन् ।

महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले बबरमहलबाट पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित