- Loading...
रवि लामिछानेको सांसद पद निलम्बन नगर्न रास्वपाको आग्रह
- बागमती दैनिक
- ८ घण्टा अघि
- २८ पटक पढिएको
पौष ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।
पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला रास्वपाका नेताहरू सिंहदरबार पुगेका हुन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न माग गरेका हुन् । २०७९ मा पहिलो पटक निर्वाचित भएपछि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो ।
नागरिकता प्राप्तिपछि उपनिर्वाचनमा रवि पुनः चितवन २ बाटै विजयी भएका थिए । तर लामिछानेले फेरि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा खेपेका हुन् । कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो ।