- Loading...
पूर्वाधार विकाससहित तीन समितिको बैठक बस्दै
- बागमती दैनिक
- १ दिन अघि
- १९ पटक पढिएको
पौष ९, काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति, कानून, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था सुशासन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयस्थित समितिको सभाकक्षमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठमका संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।