FLASH NEWS
  • Loading...

धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी घोषणा

  • बागमती दैनिक
  • ३ दिन अघि
  • ६३ पटक पढिएको
धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी घोषणा

गजुरी । धादिङ उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि रोहित भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै बरिष्ठ उपाध्यक्षको लागी उम्मेदवारी घोषणा गरिएको हो ।

संघको निर्वाचन यहि पौष २६ र २७ गतेका लागि तय गरिएको छ । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ । यस अनुसार संघको अध्यक्षमा रामकुमार डल्लाकोटी विधानतः अध्यक्ष निश्चित भइसकेको छ ।

आज घोषणासभामा बोल्दै भण्डारीले आर्थिक चुनौतीलाई सामना गर्दै ब्यबसायिक हकहितमा काम गर्ने बताउनुभयो । उहाँले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न, संघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू लागी पर्ने उल्लेख गर्नुभयो ।

११औँ अधिवेशनमा धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेर अर्को कार्यकाल स्वतः अध्यक्ष हुने तयारीमा जुटेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् ।

कार्यक्रममा भण्डारीले राखेको सार्वजनिक प्रतिबद्धतापत्र  :

धादिङ उद्योग वाणिज्य संघ
११ औं अधिवेशन
२६—२७ पौष, २०८१, धादिङवेसी, धादिङ
उमेदवारी घोषणा र सार्वजनिक प्रतिबध्दता

२०४८ सालमा स्थापित धादिङ उद्योग वाणिज्य संघले स्वर्णिम भविष्यका लागि उद्यम भन्ने आदर्श वाक्यलाई शिरोपर गरी आफ्ना सदस्यहरुको व्यवसाय प्रवध्र्दनमा आफ्ना गतिविधिहरु गरीरहेको छ । संघलाई नेतृत्व गरी स्थापना कालदेखि यहाँसम्म ल्याइपुर्याउने संस्थापक अध्यक्षज्यू, पुर्व अध्यक्षज्यूहरु, संस्थापक कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरु, पुर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरु प्रति सम्मान ब्यक्त गर्न चाहन्छु ।
विज्ञान र प्रविधिको गुणोत्तरी विकास संगसंगै विश्वप्रतिस्पर्धामा हामीले हाम्रो कार्यशैली, रणनीति र काममा रुपान्तरण गर्न सकेनौं भने भावी पुस्ताको आवश्यकतालाई पूरा गर्न सक्दैनौं । त्यसैले धादिङ उद्योग वाणिज्य संघलाई ब्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । व्यवसाय मैत्री नीतिहरुको वकालत, साझेदारी विकास र ब्यवसायिक जोखिमहरुलाई कम गर्दै नीजि क्षेत्रको स्थापित संस्थाको रुपमा धादिङ उद्योग वाणिज्य संघलाई नयाँ उचाइ दिन स्पष्ट कार्यदिशा सहित मैले आसन्न ११ औं अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेको छु ।

मेरा कार्यभार र प्रतिबध्दताहरुः

धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।
वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।
उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु ।
उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।
मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।
उद्यमी÷ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।
राष्ट्रिय÷अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।
बारंबार भै रहेका प्राकृतिक प्रकोप, महामारी र आर्थिक मन्दी जस्ता संकटबाट ब्यवसायमा परीरहेका असरलाई न्यूनीकरण गर्न पूर्व तयारीहरु गर्ने छु ।
महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।
जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु ।
जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु ।
धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
. लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
. कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
. स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
. इको पर्यटन प्रवध्र्दन
. स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
* सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना
धादिङ उद्योग वाणिज्य संघमा मेरो करीब १४ वर्षको प्रत्यक्ष संलग्नता, सहभागिता र योगदान छ । धादिङ उद्योग वाणिज्य संघको प्रचलित विधान अनुसार हुने आगामी कार्यकालको नेतृत्वलाई कार्यसमितिको उच्च तहमा रही सहयोग गर्ने र त्यसपछिको अवधिमा संघको नेतृत्व गरी धादिङ उद्योग वाणिज्य संघलाई नीजि क्षेत्रको एक भरोसा योग्य, सक्षम र गतिशील संस्था बनाउन आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । यसै सिलसिलामा धादिङ उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशवनमा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेको छु । यहाँहरु सबैको सहयोग, सद्भाव र समर्थनको हार्दिक कामना गर्दछु ।

रोहित भण्डारी
धादिङ उद्योग वाणिज्य संघको ११ औं अधिवेसवनमा
वरिष्ठ उपाध्यक्ष पदको उमेद्वार

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित