FLASH NEWS
  • Loading...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

  • बागमती दैनिक
  • ५ दिन अघि
  • ३१ पटक पढिएको
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

पौष १४, काठमाडौँ । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी नमिलेका ऐन, कानुन व्यवस्थापन गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताएका छन् । तीनखम्बे अर्थनीतिका रूपमा रहेको सहकारीप्रति फैलिएका भ्रम चिर्न सहकारीमा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ ।

अध्यादेशले राष्ट्रिय सहकारी विकास बोर्डलाई खारेज गरी सहकारी नियमन प्राधिकरणको व्यवस्था गरेको छ, यसले अनियमितता छानबिन गरी गलत गर्नेलाई कानुनी कारबाही गर्नेछ, दण्ड सजाय गर्नेछ, प्राधिकरणले टुंगो लगाउन नसक्ने विषय सम्बन्धित अदालतमा पठाउने व्यवस्था अध्यादेशमा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित