- Loading...
सिद्धलेकको विकासको लागि माओवादीलाई ८४ मा जिताउनुपर्छ : शालिकराम जमकट्टेल
- बागमती दैनिक
- ५ दिन अघि
- ४४ पटक पढिएको
धादिङ – बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलले सिद्धलेक गाउँपालिकाको विकासको लागि माओवादीलाई जिताउनुपर्ने बताएका छन्। कांग्रेस र एमालेले अवसर पाउँदा पनि विकास गर्न नसकेको भन्दै जमकट्टेलले विकासको लागि अब २०८४ मा माओवादी केन्द्रलाई जिताउनुपर्ने बताएका हुन्।
शनिबार सिद्धलेकको माओवादी केन्द्र गाउँ कमिटिले बुङचुङ बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध जनदबाब दिनेगरि आयोजना गरेको खबरदारी सभासँगै गाउँ कमिटिको तेस्रो अधिवेशनको उद्घाटन तथा जनयुद्वमा धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्याय(दिपक)को २६ औ स्मृति सभा हजारौं जनतासंगै सु-सम्पन्न भएको छ।
माओवादी केन्द्रले सरकारको लापरबाही,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको शालिकराम जमकट्टेलले बताए । उनले सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न आग्रह गरे।
सो सभाअघि सडकमा माओबादीका कृयाशील कार्यकर्ता तथा हजारौं जनताले र्याली निकालेका थिए। र्यालीमा नलाङ, सलाङ र कुम्पुर गरि साविकका ३ गाविस का माओवादी केन्द्रका नेता, कार्यकर्ता सहभागी थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार झंकार बुढा मगर, अविरल मगर, गिता सेन्चुरी, प्रदिप बराईली लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । त्यस्तै गाउँ कमिटिको बन्द सत्र भने पुस २० गते फिसटारमा हुने भएको छ । बन्द सत्रले ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बुद्ध गुरुङले जानकारी दिए।