FLASH NEWS
- Loading...
वर्षमान पुन भन्छन्-‘रविमाथि सरकारले राजनीतिक पूर्वाग्रह साँध्यो’
- बागमती दैनिक
- ५ दिन अघि
- ६२ पटक पढिएको
पौष १५, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।
प्युठानको जुम्रीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति आपत्ति जनाए ।
राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । उनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस