- Loading...
आज एमालेको केन्द्रीय कमिटी बैठक, के–के छन् एजेन्डाहरु ?
- बागमती दैनिक
- ३ दिन अघि
- २६ पटक पढिएको
|ललितपुर,२५ मङ्सिरः एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलमा मङ्गलबार बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
पौष २१, काठमाडौँ । आज आइतबारदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक पार्टी सुरु हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छन् । बैठकको सुरुमै अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।
उक्त राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको बताइएको छ ।
यसअघिका बैठकमा अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो । तर, यसपटक भने प्रत्येक केन्द्रीय सदस्यले बेग्लाबेग्लै धारणा राख्न पाउनेछन् । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।