- Loading...
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
- बागमती दैनिक
- १० घण्टा अघि
- १९ पटक पढिएको
पौष २६, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । अदालतबाट छुटेपछि बिहीबार प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।
लामिछानेसँगै मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, आरती गुरूङ र मीना गुरूङ पनि क्रमशः विभिन्न धरौटी रकम बुझाई रिहा भएका छन् । तर, प्रतिवादी लीला पछाईँ भने बिहीबार धरौटी रकम बुझाउन नसक्दा हिरासतमै रहेका छन् ।