FLASH NEWS
  • Loading...

धादिङमा लेनदेन विवादमा एक युवकको हत्या

  • बागमती दैनिक
  • ७ घण्टा अघि
  • १४१ पटक पढिएको
धादिङमा लेनदेन विवादमा एक युवकको हत्या

पौष २६, धादिङ । धादिङमा लेनदेन विवादमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ ।

नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो। कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%