- Loading...
आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने ?
- बागमती दैनिक
- २ महिना अघि
- ९१ पटक पढिएको
असोज ५, काठमाडौँ । आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख । चतुर्थी श्राद्ध । आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। विश्व शान्ति दिवस ।
शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।
शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यका पुत्र हुन् । उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् । जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ । उसको सम्मान गर्नुपर्दछ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ ।
हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ । शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ । हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।