FLASH NEWS
  • Loading...

आज बडादशैँको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

  • बागमती दैनिक
  • २ महिना अघि
  • ४१ पटक पढिएको
आज बडादशैँको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

असोज १८, काठमाडौँ । बडादशैँको दोस्रो दिन आज असोज १८ गते शुक्रवार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैँ अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । बडादशैँको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्ति पीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् । उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईँचो लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित