FLASH NEWS
  • Loading...

सुनको भाउले बनायो नयाँ ‘रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ८७ पटक पढिएको
सुनको भाउले बनायो नयाँ ‘रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

साउन १८, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित