- Loading...
‘सरकार गठन भएको एक महिनामै अर्थतन्त्रले लय समाएको छ’ : अर्थमन्त्री पौडेल
- बागमती दैनिक
- ३ महिना अघि
- १३५ पटक पढिएको
भाद्र ८, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारको निराशा चिर्ने र विश्वास जगाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘हामीले हेर्यौं उद्यमीमा जाऊ, व्यवसायीमा जाऊ त्यहाँ निराशा छ । युवायुवतीहरूमा जाऊ त्यहाँ निराशा छ । किसान, मजदुर, विभिन्न पेसा कर्मीमा पनि निराशा छ । । यो सबै प्रकारको निराशा चिर्ने र सबैमा आशा र विश्वास जगाउने यो सरकारको पहिलो प्राथमिकता हो’ उनले भने ।
सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाई छ । उनले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताए ।