FLASH NEWS
  • Loading...

आजको सेयर बजार उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ८० पटक पढिएको
आजको सेयर बजार उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

भाद्र ९, काठमाडौं । आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटेको छ । समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित