FLASH NEWS
  • Loading...

चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि पूर्णरुपमा रोक्न गृहमन्त्री लेखकको निर्देशन

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ५० पटक पढिएको
चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि पूर्णरुपमा रोक्न गृहमन्त्री लेखकको निर्देशन

भाद्र १४, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले निर्देशन दिँदै भने, ‘कृत्रिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो ।’ यसपालिको चाडपर्वमा ३–४ कुरामा परिणाम देखिने गरी काम गर्न उनको निर्देशन थियो ।

छलफलमा गृहसचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए ।उनले बाणिज्य विभागले सबै सहायक प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपटक दसैंमा सुपथ पसल बढाइने भन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने उनको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित