FLASH NEWS
  • Loading...

‘विग्रिएको अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो बनाइएको हो’ : अर्थमन्त्री पौडेल

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ८१ पटक पढिएको
‘विग्रिएको अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो बनाइएको हो’ : अर्थमन्त्री पौडेल

भाद्र १६, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक निती ऐतिहाँसिक रूपमा लचिलो बनाईएको बताए । सरकारले विग्रिएको अर्थतन्त्र सुधारकै लागी सरकार डटेर काम गर्ने बताए । अर्थतन्त्र थप सुधार गर्न थप सुझाव दिन मन्त्री पौडेलले बताए ।

नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रले अव गुनासो गर्नु नपर्ने बेला आएको बताए । ‘अव गुनासो होईन समाधान गर्ने वेला आएको छ ।’ अर्थमन्त्री पौडेलले बजारमा आम मागमै न्युनतामा रहेको बताए । एक वर्षमा तिन अर्थमन्त्री मुलुकले व्यहोर्ने अस्थिरता रहेको पौडेलले बताए । अव ति अस्थिरताको अन्त्य हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न मौद्रिक निती लचिलो ल्याएको बताए । उनले अर्थतन्त्रमा आन्तरिक क्षेत्र सुधार हुँदै गएको र बाह्य क्षेत्र सकारात्मक रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित