FLASH NEWS
  • Loading...

अमेरिकी डलर स्थिर हुँदा घट्यो युरो र पाउन्ड, आज कुन मुद्रा कतिमा किनबेच हुँदैछ ?

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ५८ पटक पढिएको
अमेरिकी डलर स्थिर हुँदा घट्यो युरो र पाउन्ड, आज कुन मुद्रा कतिमा किनबेच हुँदैछ ?

भाद्र २५, काठमाडौँ । आज २०८१ भदौ २४, सेप्टेम्बर ९, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन पनि सोही दरमा सटही भएको थियो । त्यस्तै हिजो खरिद मूल्य १४८.८४ रुपियाँ र बिक्री मूल्य १४९.५० रुपियाँ रहेको युरो १ को आजको मूल्य खरिद १४८.५६ रुपियाँ र बिक्री ४९.२३ रुपियाँ तोकिएको छ ।

त्यसैगरी सोमबार पाउन्ड १ को खरिद दर १७५.९१ रुपियाँ र बिक्री १७६.७० निर्धारण गरिएको छ, जुन अघिल्लो दिन खरिद १७६.५५ रुपियाँ र बिक्री १७७.३४ रुपियाँ थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित