FLASH NEWS
  • Loading...

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १२९ पटक पढिएको
अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

भाद्र २४, काठमाडौँ । बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ ।

१० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट विधेयक पारित भएको हो । आइतबार नै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति भएको थियो ।

समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८१ मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि ४ वर्ष कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित