FLASH NEWS
  • Loading...

सरकारको साझा संकल्प : निजी क्षेत्रलाई आर्थिक वृद्धिको मूल खम्बाका रुपमा आत्मसात गर्ने

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ७१ पटक पढिएको
सरकारको साझा संकल्प : निजी क्षेत्रलाई आर्थिक वृद्धिको मूल खम्बाका रुपमा आत्मसात गर्ने

असोज ४, काठमाडौँ । नेकपा एमाले–नेपाली काँग्रेस गठबन्धनको सरकारले आफ्नो साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ ।
२०८१ असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेबीच संयुक्त सरकार निर्माणका लागि भएको ७ बुँदे सहमतिसहित व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने संकल्प साथ संयुक्त सरकारले आफ्नो प्रतिबद्धता सार्वजनिक गरिएको जनाएको छ ।

गतिशील अर्थतन्त्र र विकासको सवालमा सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको ग्रोथ इन्जिनको रुपमा आत्मसात गर्ने प्रतिवद्धता जनाएको छ ।
चालुआर्थिक वर्षकोनीति तथा कार्यक्रम र बजेट संसदबाट पारित भइसकेको पृष्ठभूमि र त्यसले सिर्जना गरेको सीमालाई समेत ध्यानमा राख्दै सुधारका हरसम्भव उपाय अबलम्बन गरिने सरकारले संकल्पपत्र उल्लेख गरेको छ । दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चत गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपुरक हुनेगरी सञ्चालन गरिने सरकारले जनाएको छ ।

उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गरिनेछ । आर्थिक क्रियाकलापलाई तीब्रता दिन पुँजीगत खर्च गर्नेक्षमता वृद्धि गरिनेछ ।

निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक ग्रोथ इञ्जिनका रुपमा आत्मसात गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने तथा सरकार अभिभावक र प्रभावकारी सहजकर्ता हो भन्ने विश्वास दिलाउने गरी काम गरिनेछ ।

पुँजी बजारप्रतिको आम नागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता
र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित