- Loading...
समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका ४० सहकारीमा सर्वसाधारणको ७१ अर्ब ३० करोड बचत
- बागमती दैनिक
- ३ महिना अघि
- ६० पटक पढिएको
असोज ५, काठमाडौँ । समस्याग्रस्त भएका २२ र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरी ४० सहकारी संस्थामा सर्वसाधारणको ७१ अर्ब ३० करोड ४३ लाख ३७ हजार रुपियाँ निक्षेप भएको देखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको अन्तिम प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन प्रतिनिधि सभाले शुक्रबार सार्वजनिक गरेको छ ।
संसदीय छानविन समितिले समस्याग्रस्त घोषणा भएका २२ सहकारी र सार्वजनिक रुपमा प्रश्न उठेका १८ सहकारी सस्थाको वित्तीय अवस्थाबारे पनि छानविन गरेको थियो । त्यस क्रममा समस्याग्रस्त कूल २२ सहकारी संस्थाहरूको कूल निक्षेप तथा बचत दाबी ४२ अर्ब ८१ करोड रुपियाँ देखिएको छ ।
त्यसमध्ये ११ वटा सहकारीको शेयर पूँजी एक अर्ब ९१ करोड रहेको छ । त्यसमा बचतकर्ताहरूको ऋण रकम यकिन गरी बाँकी भुक्तानी गर्नुपर्ने रकम निर्धारण गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
२२ मध्ये ११ सहकारीको एक अर्ब १३ करोड रुपियाँ नगद तथा बैंक मौज्दात देखिएको छ । त्यस मध्ये पनि आठ वटा सहकारीको दुई अर्ब ७३ करोड रुपियाँको लगानी, सात सहकारीको ३८ करोड ६७ लाख रुपियाँ बराबरको गैर बैंकिङ सम्पत्ति र १० सहकारीको सात अर्ब ९१ करोड रुपियाँ अन्य सम्पत्ति रहेको देखिन्छ ।