FLASH NEWS
  • Loading...

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत

  • बागमती दैनिक
  • २ महिना अघि
  • ९२ पटक पढिएको
दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायी सहमत

असोज ५, काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आज भएको छलफलमा यात्रुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी चाँडै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो ।

छलफलमा घटस्थापना अघि नै सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । साथै विपी राजमार्ग सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय र नेपाल प्रहरीमा अनुरोध गर्ने निर्णय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित