FLASH NEWS
  • Loading...

नेपालका हरेक जिल्लामा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, रुपन्देहीमा दुई महिनाभरि एक सय आठ उद्योग बन्द !

  • बागमती दैनिक
  • २ महिना अघि
  • ४१ पटक पढिएको
नेपालका हरेक जिल्लामा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, रुपन्देहीमा दुई महिनाभरि एक सय आठ उद्योग बन्द !

असोज ६, काठमाण्डौँ । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
यहाँ आर्थिक वर्ष २०७९–८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । सोही आवमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए ।

कार्यालय प्रमुख लोककुमार कार्कीकानुसार आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको सङ्ख्या बढेको छ । आव २०७९–८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकामा गत आवमा ८३७ वटा उद्योग मात्रै दर्ता भए । जबकि आव २०७९–८० मा २ १७ उद्योग बन्द भएकामा आव २०८०–८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित