- Loading...
बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न असोज १७ गते सम्झौता गर्ने नेपालको प्रस्ताव
- बागमती दैनिक
- २ महिना अघि
- ९८ पटक पढिएको
असोज ७, काठमाडौँ । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गरिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गर्न बंगलादेश र भारतलाई प्रस्ताव पठाएको छ । यद्यपि, त्यस मितिमा बंगलादेश र भारतले सहमति पठाउन बाँकी छ ।
उक्त मितिमा सहमति भएमा सोही दिन नै सम्झौता पत्रमा हस्ताक्षर हुने ऊर्जा मन्त्रालयको प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । काठमाडौंमा नै बिशेष समारोह गरेर सम्झौता पत्रमा हस्ताक्षर गरिने उनको भनाई छ ।
मन्त्रालयले आगामी असोज १५ र १६ गते नेपाल–बंगलादेश संयुक्त ऊर्जा सह–सचिव र सचिवस्तरीय बैठक गर्न प्रस्ताव गरेको छ । उक्त बैंक सकिएको भोलिपल्ट अर्थात् असोज १७ गते घटस्थापनाको दिन ४० मेगावाट विद्युत् बिक्री सम्बन्धमा त्रिपक्षीय सम्झौता गर्न प्रस्ताव गरिएको छ ।