FLASH NEWS
  • Loading...

दसैँको मुखमा खाने तेलको मूल्य २० रुपैयाँले बढ्यो, प्रतिलिटर कति पर्छ ?

  • बागमती दैनिक
  • २ महिना अघि
  • ५८ पटक पढिएको
दसैँको मुखमा खाने तेलको मूल्य २० रुपैयाँले बढ्यो, प्रतिलिटर कति पर्छ ?

असोज ९, काठमाडौँ । नेपालीका महान चाड दसैं तिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ ।
पछिल्लो एक डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ ।

उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन ।
पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित