FLASH NEWS
  • Loading...

दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छोड्न आदेश

  • बागमती दैनिक
  • २ महिना अघि
  • ७६ पटक पढिएको
दुर्गा प्रसाईंलाई एकलाख धरौटीमा छोड्न आदेश

असोज १५, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०र५० हजार धरौटी लिन आदेश गरेको हो ।

प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो । उजुरीअनुसार नै ब्युरोको टोलीले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । प्रसाईंमाथि विभिन्न सामाजिक सञ्जालहरूमार्फत व्यक्तिको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिएको आरोप छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित