FLASH NEWS
  • Loading...

भारतको १५ अर्ब अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

  • बागमती दैनिक
  • २ महिना अघि
  • ३२ पटक पढिएको
भारतको १५ अर्ब अनुदानमा दुई पेट्रोलियम पाइपलाइन बन्ने

असोज १७, काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । भारत सरकारको अनुदानमा पेट्रोलियम पाइपलाइन र ग्रीनफिल्ड टर्मिनल बन्ने भएको हो ।

यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ । आज नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमार बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशन बी टु बी फेमवर्क एग्रिमेन्ट भएको हो ।

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित