FLASH NEWS
  • Loading...

कालिमाटी बजारमा कति पुग्यो हरियो तरकारीको मूल्य ?

  • बागमती दैनिक
  • २ महिना अघि
  • ८९ पटक पढिएको
कालिमाटी बजारमा कति पुग्यो हरियो तरकारीको मूल्य ?

कार्तिक १, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिउसिमी र हरियो धनियाको भाउ बढेको छ । आज घिउसिमी ११० रुपियाँले बढेर प्रतिकिलो २३५ रुपियाँ कायम भएको छ । हिजो १२५ मा किनबेच भएको थियो ।

त्यस्तै, हिजो १७६ रुपियाँमा कारोबार भएको हरियो धनियाँ आज एकैचोटि २५० रुपियाँ पुगेको छ । यो किलोमा ७४ रुपियाँ महँगो भएको हो ।
कालिमाटीमा बिहीबार ठूलो गोलभेंडा १३५, बन्दा ५५, प्याज १०२, भन्टा ५५, मटरकोशा १९०, करेला ७५, चिचिन्डो २५ र कुरिलो प्रतिकिलो ५०० रुपियाँमा कारोबार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित