FLASH NEWS
  • Loading...

किलोमै २० रूपैयाँ महँगियो काउली, कति छ अरू तरकारीको मूल्य ?

  • बागमती दैनिक
  • १ महिना अघि
  • ४७ पटक पढिएको
किलोमै २० रूपैयाँ महँगियो काउली, कति छ अरू तरकारीको मूल्य ?

कार्तिक २४, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबार काउलीको भाउ किलोमै २० रूपैयाँ बढेको छ ।
शनिबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार काउलीको भाउ प्रतिकिलो ८० देखि १०० रूपैयाँ प्रतिकिलो छ ।

शुक्रबार यसको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो थियो । आज गोलभेडाको भाउ पनि बढेको छ। भारतीय ठूलो गोलभेडाका भाउ किलोमा १० रूपैयाँ बढेर आज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ । सानो लोकल गोलभेडाको भाउ पनि १० रूपैयाँ बढेर ४५ देखि ५५ रूपैयाँ प्रतिकिलो तोकिएको छ ।

भारतीय सानो गोलभेडाको भाउ ४४ देखि ४४ रूपैयाँ प्रतिकिलो छ। त्यस्तै टनेलको सानो गोलभेडाका भाउ शनिबार १० रूपैयाँ बढेर प्रतिकिलो ६५ देखि ८५ रूपैयाँ तोकिएको छ । शनिबार रातो आलुको मूल्य केही घटेर ७८ देखि ८० रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ ।

भारतीय सुकेको प्याजको मूल्य स्थिर रही शनिबार १२० देखि १२५ रूपैयाँ प्रतिकिलो छ । त्यस्तै बन्दाको भाउ आज ४० देखि ५० रूपैयाँ तोकिएको छ । शुक्रबार यसको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो थियो । लाम्चो भन्टाको भाउ १० रूपैयाँ बढेर शनिबार ४० देखि ५० रूपैयाँ प्रतिकिलो तोकिएको छ ।

तने बोडीको भाउ १० रुपैयाँ घटेर १३० देखि १४० रूपैयाँ तोकिएको छ । मटरकोशाको भाउ १०० देखि ११० रूपैयाँ प्रतिकिलो छ । शुक्रबार यसको भाउ ८० देखि १०० रूपैयाँ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित