FLASH NEWS
  • Loading...

शेयर बजार २२ अङ्कले बढ्दै नेप्से २७ सय ६० विन्दुमा पुग्यो, कारोबार रकममा समेत बृद्धि

  • बागमती दैनिक
  • १ महिना अघि
  • ६६ पटक पढिएको
शेयर बजार २२ अङ्कले बढ्दै नेप्से २७ सय ६० विन्दुमा पुग्यो, कारोबार रकममा समेत बृद्धि

कार्तिक २६, काठमाण्डौँ । शेयर बजार आज पनि बढेको छ । हिजो साढे ६२ अङ्कले बढेर शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम झन्डै दुई महिनायताकै उच्च भएको छ । गएको भदौ ३० गते १० अर्ब ३३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज तीन सय दुई वटा कम्पनीका दुई करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित