FLASH NEWS
  • Loading...

‘थप कानुन संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ’ : अध्यक्ष ढकाल

  • बागमती दैनिक
  • २ हप्ता अघि
  • ४४ पटक पढिएको
‘थप कानुन संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ’ : अध्यक्ष ढकाल

मंसिर १३, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका निम्ति अझै केही कानुन संशोधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लास्ट नेपाल २०२४’ मा उनले गएको वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानुन संशोधन गरिए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

उनले हाल निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायत समस्या रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उनले यसलाई स्वागतका रूपमा लिइएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित