- Loading...
आज फेरि ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
- बागमती दैनिक
- १४ घण्टा अघि
- १७ पटक पढिएको
पौष ९, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् पुस ९ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम १२ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी कात्तिक पुस २१ गते हुनेछ ।