FLASH NEWS
  • Loading...

स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ र निलकण्ठ नगर देशकै उत्कृष्ट

  • बागमती दैनिक
  • ४ महिना अघि
  • ९९ पटक पढिएको
स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ र निलकण्ठ नगर देशकै उत्कृष्ट

गजुरी । संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङको गाउँपालिका र्फ बेनिघाट रोराङ र नगरपालिका तर्फ नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकार सस्थागत स्वमुल्याङकनमा दुई पालिका देशभरमै उत्कृष्ट बनेका हुन् ।

देशभरका ७ सय ५३ स्थानीयमध्ये बेनीघाट रोराङले ८७.२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको छ भने नीलकण्ठ नगरपालिकाले ९२.५० अंक पाएको छ ।

बिहीबार एक कार्यक्रमका बिच बेनीघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले सम्मान गर्नुभएको छ ।
सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, बेनीघाट रोराङका प्रमुख कृष्ण बहादुर थपलिया विवेक,प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायतका सहभागी थिए ।

विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ ।
कुल एक सयवटा सूचकको एक सय अंक निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्यांकन प्रणालीमा अंक निर्धारण हुने गर्दछ ।

स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ ।
गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक सहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंक सहित तेस्रो भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित