- Loading...
रामेछाप पहिरो अपडेट : आमा–छोरासहित ६ जनाकाे शव भेटियो, चार जना अझै बेपत्ता
- बागमती दैनिक
- ३ महिना अघि
- ८७ पटक पढिएको
रामेछापको दोरम्बा शैलुङ–३ लेखर्क बस्तीमा शनिबार मध्यराति गएको पहिरोमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डीका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेको प्रहरीले जनाको छ । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन । वर्षीया अञ्जना घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् । भेटिएका थप ६ वटा शव उनीहरुमध्येकै हुनसक्ने अनुमान प्रहरीको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । पहिरोले ४ वटा घर बगाएको थियो । यस्तै एउटा पक्की पुल पनि बगाएको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कौशल न्यौपानेले बताएका छन् । पहिरोले स्थानीयका चार वटा भैँसी, तीनवटा गाई, २९ वटा बाख्रा लगायतका पशु बस्तु तथा धनमाल समेत बगाएको छ ।
शनिबार राति भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्याएको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ । बाढीले रामेछाप र दोलखाको सीमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्याएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।