FLASH NEWS
  • Loading...

सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ८१ पटक पढिएको
सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु

भाद्र ११, काठमाण्डौँ । सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित