FLASH NEWS
  • Loading...

पालिकास्तरिय माबि बक्त्तृत्वकला प्रतियोगीतामा आदर्श माबिकी छात्रा नसिम उप्रेती प्रथम

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ११४८ पटक पढिएको
पालिकास्तरिय माबि बक्त्तृत्वकला प्रतियोगीतामा आदर्श माबिकी छात्रा नसिम उप्रेती प्रथम

गजुरी । अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा आज बक्त्तृत्वकला प्रतियोगीता गजुरीमा सम्पन्न भएको छ । गजुरी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा पालिकास्तरिय माध्यमिक बिद्यालयस्तरिय प्रतियोगीता गजुरी छात्रबासमा सम्पन्न भएको हो ।

गजुरी गाउँपालिकाको बिकासका सम्भावना, अबसर र चुनौतिका बिषयमा रहेर बक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको थियो ।
गजुरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक बिद्यालय मध्ये १० वटा बिद्यालयका जम्मा २० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । छात्र र छात्रा गरि प्रत्येक बिद्यालयबाट दुई जना बिद्यार्थीहरुको सहभागीतामा भएको बक्त्तृत्वकला प्रतियोगीता निकै उत्साहपद भएको थियो ।

प्रतियोगीतामा आदर्श माध्यमिक बिद्यालयकी छात्रा नसिम उप्रेती ७१.१६ अंकसहित प्रथम हुन सफल भएकी छिन् भने डोलभन्ज्याङ माबिकी सुप्रिया प्रजा ७० अंकसहित दोस्रो, मुनाल एकेडेमीका आशिष भण्डारी ६९.१६ अंक सहित तेस्रो हुन सफल भएका छन् भने आदर्श माध्यमिक बिद्यालयकै छात्र अनिरुद्र सिंह बस्नेत ६८.६६ अंकसहित सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुने बिद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनोका साथमा नगद रु पाँच हजार, चार हजार, तीन हजार र २ हजार प्रदान गरिएको छ भने यातायात खर्चसमेत दिईएको थियो ।

आजको कार्यक्रममा प्रमुख अतिथी तथा सभापतिका रुपमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बिशेष अतिथीमा उपाध्यक्षमा शर्मिला बिसुराल, बिशेष अतिथीमा प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी, शिक्षा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल, गजुरी वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेल लगायतको सहभागीता रहेको थियो ।

नसिम उप्रेती ७१.१६ अंकसहित प्रथम

कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकामा यस्ता प्रतियोगीताहरुले बिद्यार्थीहरुमा आत्मबल बढ्नुका साथै बिद्यार्थीहरुको बोल्ने बानीमा समेत परिवर्तन आउने कुरामा जोड दिनुभएको छ । अहिले हरेक बिद्यालयमा बिब्यस निर्माण गरि बिद्यालयमा हुने गरेका हरेक क्रियाकलापहरुको अनुगमन तथा आबश्यकबस्तुहरुको पुर्ति गर्ने काम पालिकाले गरिरहेको कुरा स्मरण गराउनुभयो । अहिले शिक्षामा राजनितीभन्दा पनि शिक्षक तथा बिद्यार्थीहरुमा सिक्ने र सिकाउने तर्फ ध्यान दिँदै गजुरी गाउँपालिकाको शिक्षालाई उत्कृष्ट बनाउने तर्फ ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो ।

सुप्रिया प्रजा ७० अंकसहित दोस्रो

कार्यक्रममा बिशेष अतिथीका रुपमा रहनुभएका उपाध्यक्ष शर्मिला बिसुरालले सहभागी हुने सबै किद्यार्थीहरुलाई धन्यवाद दिँदै आगामी प्रतियोगीतामा आफैँ प्रथम हुन्छु भनेर मेहनत गर्न आग्रह गर्नुभयो । बिद्यालयबाट सहभागीताका लागी छनौट हुनु नै पहिलो कुरा भएको भन्दै उहाँले अबका दिनमा अझ बढी मेहनत र परिश्रम गर्दै अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

आशिष भण्डारी ६९.१६ अंक सहित तेस्रो

यसैक्रममा गजुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बद्री प्रसाद जमकट्टेलले शिक्षा देखि पालिकासम्म पनि राजनितीक अबस्थाले अगाडी बढ्न नसकेको कुरा बिद्यार्थीहरुले बोलेका कुरा जायज भएको बताएका छन् । उहाँले गजुरी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरिय प्रतियोगीतामा उल्लेख सहभागी भएकोमा खुसि ब्यक्ति गर्नुभयो । अहिले प्रयास गर्दै अगाडी बढ्दै जाँदा भोलीका दिनमा सबै प्रथम हुने कुरामा हौसला दिँदै उहाँले शिक्षाको क्षेत्रमा गजुरी गाउँपालिकाले निकै ठूलो लगानी गरेको बताउनुभयो । पालिका तथगा अभिभावकको उच्च लगानीमा अहिलेका बिद्यार्थीहरु पढीरहेको कुरा जोड्दै उहाँले यसमा बिद्यार्थीहरु पनि दगनशिल भएर अध्ययन गर्न आग्रह समेत गर्नुभएको छ ।

अनिरुद्र सिंह बस्नेत ६८.६६ अंकसहित सान्त्वना

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%