- Loading...
आदर्श माध्यमिक बिद्यालयको ५७औँ बार्षिक उत्सव भब्यताका साथ सम्पन्न
- बागमती दैनिक
- ५ घण्टा अघि
- ५७ पटक पढिएको
गजुरी । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श माध्यमिक बिद्यालयको ५७औँ बार्षिक उत्सव भब्यताका साथ समापन भएको छ । अभिभावक तथा बिद्यार्थीहरुको ब्यापक उपस्थितमा सम्पन्न भएको उक्त कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथी, उपप्रमुख शर्मिला बिसुराल बिशेष अतिथी, शिक्षा शाखा प्रमुख सन्तोष पौडेल अतिथी, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी अतिथी लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुको सहभागीतामा कार्यक्रम भब्य रुपमा समापन भएको हो ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा आदर्श माबिका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले शिक्षालार्इ थप सुधार बनाउन अभिभावक , शिक्षक र विद्यार्थीले मैत्रीपूर्ण हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले बिद्यालयको बारेमा तयार पारिएको परिचयमूलक जानकारी पनि प्रस्तुत गर्नुभएको थियो । विद्यालयले धेरै चुनौती सङ्ग सामाना गर्दै यहासम्म आइपुग्दा यो विद्यालयले धेरै हस्तीहरु जन्माएको भनार्इ राख्दै यो विद्यालयलाई थप अग्रगामी दिशामा लैजानको लागी बिभिन्न संघसस्था, क्लव , भुपु बिद्यार्थी , सन्चारकर्मीहरु सबै गोलबन्द भइ सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा प्रमुख अतिथी पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिक्षालाइ थप सुधार बनाउन सबै क्षेत्रबाट सल्लाह सुझाव र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाले अब बिधार्थी मात्र नभई शिक्षक पनी पृरस्कृत हुनुपर्छ भन्दै निकै गहकिलो भनाइ ब्यक्त गर्नुभयो । आदर्श माबिको भवन देखि सबै संरचनाहरु निर्माणमा गजुरी गाउँपालिकाले सहयोग गर्दै आएको भन्दै अबका दिनमा पनि पालिका सबै सहयोगमा तयार रहेको उद्घोष गर्नुभयो । बिद्यालयले गरेको राम्रो प्रगतिको प्रशंसा गर्दै सामुदायिक विद्यालयमध्ये यश क्षेत्रकै उत्कृष्ट र नमुना बिद्यालय आदर्श माबि गजुरीले लाखौं बिद्यार्थीहरुको उज्जवल भबिष्यका लागि बिभिन्न बिधामा अध्यापन गराएर आफ्नो मात्र पहिचान नबनाएर पालिकालाई नै पहिचान गराउने शैक्षिक कार्य गरेकोमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको छ ।
वडा अध्यक्ष तारा नाथ भण्डारीले यो बिद्यालयलाई चाहिने साथ सहयोगमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले आफना महत्वपूर्ण भनाइ राख्दै अब बोर्डीङमा जाने बिदार्थीको भन्दा आदर्श माबिमा पढ्ने बिद्यार्थीहरु उत्कृष्ट आउन थालेपछि यो बिद्यालय सबैको आकर्षण बन्दै गएको बताउनुभयो । उहाँले बालबालिकाको बौद्धिक, शारीरिक,सामाजिक,आर्थिक भौतिक र नैतिक जस्ता सर्वाङिण बिकासको लागि दत्तचित्त भएर बिद्यालय परिवारलाई लाग्न र आफुले यो बिधालयको समग्र बिकासमा योगदान दिने बताएका छन् ।
बिशेष अतिथीका रुपमा रहनुभएका पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आदर्श माबि उत्कृष्ट बिद्यालयका रुपमा स्थापित भईसकेको भन्दै यो श्रेय जोगाई राख्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित भाईबहिनी अभिभावक र शिक्षक शिक्षिकाहरुलाई उनीहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न उनीहरुलाई हौसला प्रदान गर्न आग्रह समेत गर्नुभयो । आफ्ना छोराछोरी बिद्यालय जान्छ्न जादैनन ? कस्तो अनि कस्को सङ्गत गरेका छन् ? बेलाबेला आएर बुझ्न समेत आग्रह गर्नुभएको छ ।
बार्षिक उत्सव कार्यक्रममा ससाना बालबालिकाहरुले नृत्य, गीत प्रस्तुत गरेका थिए भने पूर्व शिक्षकहरुलाई सम्मान, उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु, उत्कृष्ट कर्मचारी शिक्षकहरुलाई अबिर माला, खादा लगाएर प्रमाणपत्र समेत प्रदान गरिएको थियो । गजुरी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङसिल्डमा तेस्रो हुन सफल बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रम आदर्श माध्यमिक बिद्यालयका शिक्षक मनोज कार्कीले सञ्चालन गर्नुभएको थियो ।