FLASH NEWS
  • Loading...

पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ६१ पटक पढिएको
पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल

भाद्र २१, काठमाण्डौँ । हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल शुरू भएको छ ।

पशुपतिमा दर्शनार्थीहरूका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा ठाउँबाट लाइनको व्यवस्था गरेको छ । कोषका अनुसार दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित